Skip to content

पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक : कुनको कति ?

nabil bank

काठमाडौं । वाणिज्य बैंकहरुले पुसका लागि ब्याजदर सार्वजनिक गरेका छन् । धेरैजसो बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केहीले घटाउँदा केहीले बढाएका हुन् ।

२० वटा वाणिज्य बैंकहरुमध्ये १२ वटा बैंकले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । जसमध्ये ७ वटाले मंसिरकै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् भने २ वटाले घटाउँदा ३ वटाले बढाएका छन् । मंसिरकै ब्याजरलाई पुसमा निन्तरता दिने बैंकमा सिटिजन्स बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । मंसिरमा सिटिजन्स बैंकले ५.६५ प्रतिशत, एभरेस्ट बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.७५, हिमालयन बैैंकले ६.२५, कुमारी बैंकले ५.९१ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत दिएका थिए ।

यसैगरी नेपाल बैंक र एआईसी एसिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। पुसका लागि नेपाल बैंकले ५.६ प्रतिशत र एनआईसी एसियाले ६.६० प्रतिशत कायम गरेका छन् । मंसिरमा नेपाल बैंकले ५.९५ प्रतिशत र एनआईसी एसियाले ६.७९ प्रतिशत दिएका थिए ।

त्यस्तै कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएका छन् । पुसका लागि ब्याजदर बढाएर कृषि विकास बैंकले ५.५७ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत र लक्ष्मी सनराइजले ५.७५ प्रतिशत पुर्याएका छन् । मंसिरमा कृषि विकास बैंकले ५.५४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ५.७५ प्रतिशत र लक्ष्मी सनराइजले ५.५ प्रतिशत दिएका थिए ।

नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत कम संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर र रेमिट्यान्स मुद्दती निक्षेपमा १ प्रतिशत बढी अधिकतम ब्याजदर निर्धारण गर्न पाउँछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime