Skip to content

स्वावलम्बन लघुवित्तको नाफा ६ करोड बढी

काठमाडौं । स्वालम्वन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ६ करोड भन्दा बढी नाफा कमाएको छ । लघुवित्तकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकको वित्तीय विवरण अनुसार ६ करोड ७४ लाख १० हजार ३३८ रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ३ करोड १८ लाख ८१ हजार ४३८ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ अर्ब ३९ करोड १९ लाख २६ हजार ४९८ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५५ करोड २६ लाख २२ हजार ४९८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४० करोड ८ लाख २४ हजार ५८५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १०.९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले १४ अर्ब ६ करोड ५६ लाख २७ हजार ६४८ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७२ करोड ५१ लाख ८१ हजार ११२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३५ करोड २५ लाख १८ हजार नौ सय २१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १२.४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima