काठमाडौं । मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको बजार आज करिब ३ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २ दशमलव ९५ अंकले बढेर २६३३ दशमलव ८७ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३७ अंकले बढेर ४५१ दशमलव ६६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपपसूचकमध्ये ७ वटाको परिसूचक बढेको छ भने बाँकी ६वटाको घटेको छ ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब भन्दा धेरैको कारोबार भएको बजारमा आज ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ५३ हजार ९५७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्