Skip to content
Prabhu

सेयर बजार सामान्य सुधार भएको दिन सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । दिनभरको उतारचढाबका बीच अन्तिममा सेयर बजार परिसूच २ दशमलव ९५ अंकले बढेर बन्द भएको हो ।

सेयर बजार सामान्य बढेको दिन आज एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सपोर्ट माइृक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २५० रुपैयाँले बढेर २ हजार ७५० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनी भित्र जानकी फाइनान्स, दोल्ती पावर कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् । आजको कारोबार बन्द हूँदा जानकी फाइनान्सको सेयर मूल्य पनि ९.८५ प्रतिशत अर्थात् ७८ रुपैयाँ ९० पैसाले बढेर ८७९ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै दोल्ती पवारको सेयर मूल्यमा ६१ रुपैयाँले वृद्धि भएर ७३२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.०९ प्रतिशतले धेरै हो ।

आजको कारोबार बन्द हुँदा गुराँस लघुवित्तको सेयर मूल्इ १७१ रुपैयाँले बढेर २ हजार २०१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.४२ प्रतिशतले धेरै हो । मंगलबारको कारोबार बन्द हुँदा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ६.९८ प्रतिशत अर्थात् ८९ रुपैयाँले वृद्धि भएर १ हजार ३६४ रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal