काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेर बन्द भयो । कारोबार रकममा गिरावट आएको दिन बजार सामान्य बढ्दा पनि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३० रुपैयाँले घटेर २ हजार ९७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । अघिल्लो दिन भने यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।
त्यस्तै आज सेयर बजारमा धेरै गुमाउने शीर्ष पाँच कम्पनी भित्र आरबिबि म्युचुअल फण्ड २, रिभर फल्स पावर, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा ग्रोथ फण्ड रहेका छन् । आज आरबिबि म्युचुअल फण्ड २ को सेयर मूल्य ५.४८ प्रतिशत अर्थात् ०.५४ रुपैयाँले घटेर ९ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
त्यस्तै आज रिभर फल्स पावरको सेयर मूल्य पनि ५३ रुपैयाँले घटेर ९६० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.२३ प्रतिशतले कम हो । मंगलबारको कारोबार बन्द हुँदा नेशनल हाइड्रोपावरको सेयर मूल्य पनि ४.०४ प्रतिशत अर्थात् ९ रुपैयाँ ४० पैसाले घटेर २२३ रुपैयाँ पुगेको छ । त्यस्तै सानिमा ग्रोथ फण्डको सेयर मूल्य पनि आज ०.३० रुपैयाँले घटेर ९ रुपैयाँ ४१ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.०९ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्