Skip to content
Prabhu

कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले आइफोन १५ जित्न सक्ने

काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी’ सुचारु गरेको छ ।

यस अभियानअन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रूपैयाँको टप अप र कुनै पनि एउटा डाटा प्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन १५ जित्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् । यसका साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ ।

नेपाली वित्तीय बजारमा आधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउने उद्देश्यले कुमारी बैंक २०५७ चैत २१ गतेबाट बैंकिङ्ग कारोबार सुरु गर्दै नेपालको पन्ध्रौं वाणिज्य बैंकको रुपमा अस्तित्वमा आएको हो। कुमारी बैंक लिमिटेडले ३ सय २ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ एकाइहरूसहित देशका विभिन्न सहरी, अर्धसहरी तथा ग्रामीण भेगमा अवस्थित ४ सय १६ पोइन्टहरुमार्फत आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal