Skip to content

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

nabil bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

पैसा आउने, थपेर पाउने नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ । यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५० हजार १ देखि १ लाख रुपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना जुन १०, २०२४ सम्म लागू रहनेछ ।

ग्लोबल आइएमई बैैकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रुपैयाँ सम्म थप गरिदिनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र छन् ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime