Skip to content

नयाँ वर्षको पहिलो कारोबार दिन सामान्य अंक घटेर बन्द भयो नेप्से, कारोबार ३ अर्ब ६ करोड

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २.३५ अंक घटेर २०२३.३५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ५९ हजार ४२ पटकको कारोबारमा ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाख ९५ हजार कित्ता शेयर कारोबार भएको छ।

आज सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम १० करोड नाघेको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.९१ प्रतिशत बढेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०३ प्रतिशत घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima