काठमाडौं । बुधबारको सेयर कारोबार खुल्न वित्तिकै कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको पहिलो आधा घण्टाको कारोबार जारी रहँदै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
बुधबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २९७ रुपैयाँले घटेर २ हजार ६७३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र बजार परिसूचक भने बढेको छ । यो समाचार तयार पार्दासम्म १९ दशमलव ५२ अंकले बढेर २६५३ दशमलव ३९ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्