Skip to content
Prabhu

राष्ट्र बैंकद्वारा बजारमा अधिक तरलता भएपछि १ खर्ब रुपैयाँ तान्दै

nabil

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले  एकैपटक बजारबाट १ सय अर्ब (१ खर्ब) रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले पुस ३ गते १ सय अर्ब रुपैयाँ उठाउन लागेको हो ।

राष्ट्र बैंकले २१ दिन अवधीका लागि उठाउन लागेको १ सय अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले पुस २४ गते फिर्ता पाउने छन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal