Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ३ लाख २१ हजार ६५० कित्ता सेयर बिक्रीमा राखेको छ । जसमध्ये २ लाख २१ हजार ६५० कित्ता सेयर माउण्टेन इन्फ्रा कम्पनी लिमिटेड र आत्माराम घिमिरेको स्वामित्वमा रहेको १ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

यी सेयर हाल कम्पनीकै अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । सेयर किन्न इच्छुकले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal