काठमाडौं । बोटलर्स नेपालको सेयर कारोबार फुकुवा भएको छ । आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार फुकुवा गरेको हो ।
धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिले गरेको निर्णय ढिलागरी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको थियो । त्यसपश्चात कम्पनीले आगामी दिनमा गल्ती नदोहोर्याउने भन्दै नेप्सेमा धितोपत्र कारोबार फुकुवा गर्न अनुरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्