Skip to content
Prabhu

सेयर बजार घटेको दिन पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । बुधबारको सेयर कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५ अंकले घटेर बन्द भयो । कारोबार रकममा पनि कमी आएको दिन सेयर बजारमा जम्मा ८१ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।

८१ कम्पनीको सेयर मूल्य बढेको दिन दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर बन्द भएको छ ।

आज उपकार लघुवित्तको सेयर मूल्य ३१० रुपैयाँ ८० पैसाले बढेर ३ हजार ४१८ रुपैयाँ ८० पैसा र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य २७५ रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज धेरै बढ्ने कम्पनीको शीर्ष पाँच कम्पनीमा मानुषी लघुवित्त, सिक्लेस हाइड्रोपावर र चिरख्वा हाइड्रोपावर कम्पनी छन् । आज मानुषी लघुवित्तको सेयर मूल्य १७० रुपैयाँले बढेर २ हजार २३५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.२३ प्रतिशतले वृद्धि हो ।

त्यस्तै आज सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ८.११ प्रतिशत अर्थात् ६४ रुपैयाँ ९० पैसाले बढेर ८६५ रुपैयाँ पुगेको छ । त्यस्तै चिरख्वा हाइड्रोपावरको सेयर मूल्य पनि आज ५२ रुपैयाँले बढेर ७३२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.६५ प्रतिशतले बढी हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal