काठमाडौ । बुधबार सेयर बजार बन्द हुँदा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १४९ कम्पनीको सेयर मूल्य घटेको दिन तीन हाइड्रोपावर र दुइ म्युचुअल फण्डको सेयर मूल्य सबै भन्दा धेरै घटेको हो ।
आजको कारोबार बन्द हुँदा कुथेली बुखरी स्मल हाइड्रोपावर, दोल्ती पावर कम्पनी र छ्याङदी हाइड्रोपावरको सेयर मूल्यमा उच्च गिरावट आएको छ । आजको कारोबार बन्द हुदाँ कुथेली बुखरीको सेयर मूल्य २९४ रुपैयाँले घटेर २ हजार ६७६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९० प्रतिशतले कम हो ।
त्यस्तै दोल्ती पावरको सेयर मूल्यमा पनि आज ५.३३ प्रतिशत अर्थात् ३९ रुपैयाँले कमी आएर ६९३ रुपैयाँ पुगेको छ । आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा परेको अर्को हाइड्रोपावर छ्याङ्दीको सेयर मूल्य १७ रुपैयाँले घटेर ४०८ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४ प्रतिशतले कम हो ।
आजको कारोबार बन्द हुँदा नविल ब्यालेन्स फण्ड ३ र एनएमबी ५० को सेयर मूल्य धेरै घट्ने शीर्ष पाँच कम्पनी भित्र परेको छ । नविल ब्यालेन्स फण्ड ३ को सेयर मूल्य ४.०७ प्रतिशत अर्थात् ०.३९ रुपैयाँले घटेर ९ रुपैयाँ २० पैसा पुगेको छ भने एनएमबि ५० को सेयर मूल्य ०.३९ रुपैयाँले घटेर १० रुपैयाँ ३१ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.६४ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्