Skip to content
Prabhu

शिथिल अर्थतन्त्रको प्रभाव : बढ्दै बीमा पोलिसी सरेन्डर, पछिल्लो ५ वर्षमा करिब ५० अर्ब रुपैयाँको बीमा पोलिसी सरेन्डर

nabil

काठमाडौं । पछिल्लो समय मुलुकमा देखिएको आर्थिक मन्दीको कारण सबैजसो क्षेत्रहरू कमजोर बन्द गइरहेका छन् । आर्थिक शिथिलताबाट कुनै पनि क्षेत्र अछुतो रहन सकेको छैन । देशको समग्र अर्थतन्त्रमा नै आर्थिक शिथिलताले असर गरिरहेको छ ।

आर्थिक शिथिलताबाट उत्पन्न समस्याबाट बीमा क्षेत्र पनि अछुतो रहन सकेको छैन । बीमा कम्पनीहरूको आम्दानीको मुख्य स्रोत नै बैंकहरूमा जम्मा गरिने मुद्दती निक्षेप हो । पछिल्लो सयम बैंकहरूमा अधिक तरलताले गर्दा बीमा कम्पनीहरूको आम्दानीमा असर परिरहेको छ । आर्थिक शिथिलताका कारण बीमा पालिसी सरेण्डर गर्नेको संख्या पनि बढ्दै गइरहेको छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षको अवधिमा बीमा पोलिसी सरेण्डर गर्नेको संख्या प्रत्यक वर्ष जसो बढी रहेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आव २०८०/८१ सम्मको यो अवधिमा करिब ५० अर्ब रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा हरेक वर्ष बीमा पोलिसी सरेण्डर गर्नेको संख्या र रकम दुवै बढ्दै गएको तथ्यांकले देखाएको छ । यो अवधिमा बीमा २ लाख ६९ हजार १०५ वटा बीमा पोलिसी सरेन्डर भएका छन् ।

उक्त पोलिसी सरेण्डर हुँदा ४९ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार ३३१ वटा पोलिसी सरेण्डर भएका थिए । जसबाट ९ अर्ब ८९ करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको थियो । यो संख्या त्यस पछिको आर्थिक वर्ष २०७८/७९ मा पोलिसी र रकम दुवै बढेको देखिन्छ । उक्त आवमा ८१ हजार ८६० वटा पोलिसी सरेण्डर हुँदा १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको देखिन्छ । त्यस पछिको आर्थिक वर्ष २०७९/८० मा पोलिसी संख्यमा कमी आए पनि रकम भने बढेको छ । उक्त आर्थिक वर्षमा ९ हजार ९३८ वटा पोलिसी सरेण्डर हुँदा १३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

पछिल्ला वर्षहरूमा सबैभन्दा धेरै पोलिसी सरेण्डर गत आर्थिक वर्ष २०८०/८१ मा भएका छन् । उक्त आर्थिक वर्षमा १ लाख भन्दा बढी संख्याका पोलिसी सरेण्डर भएका छन् । उक्त आर्थिक वर्षमा १ लाख १३ हजार ९७६ वटा पोलिसी सरेन्डर भएका छन् । गत आवमा १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ मूल्यका पोलिसी सरेण्डर भएको प्राधिकरणको तथ्यांक रहेको छ ।

चालु आवको पहिलो चार महिनामै करिब ५ अर्बको पोलिसी सरेन्डर

गत आर्थिक वर्षमा १ लाखभन्दा माथिको पोलिसी सरेण्डर भएको थियो भने चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा पनि उल्लेख्य मात्रामा बीमा पोलिसी सरेन्डर भएका छन् । चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा नै करिब ५ अर्ब हाराहारीको बीमा पोलिसी सरेण्डर भएको छ । प्राधिकरणको तथ्यांक अनुसार चालु आवको कात्तिक महिनासम्म ३५ हजार ९८५ पोलिसीमार्फत ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।

पछिल्लो समय बीमाको दायरामा आउनेको संख्या बढेको छ । बीमा प्राधिकरणका अनुसार ४२.९२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको छ । अझै पनि बीमाको दायरामा आउन बाँकी जनसंख्या ५७.१ प्रतिशत रहेको छ । बीमाको दायरामा आउनेको संख्या ४२ प्रतिशत पुगेकोमा त्यसमा वैदेशिक रोजगारीमा गएकाहरूले गरेको बीमा, लघु र म्यादी बीमालाई पनि जोडिएको छ ।

वैदेशिक रोजगारी, लघु र म्यादी बीमालाई हटाइदिने हो भने १७/१८ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरमामा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीको भनाइ छ । ‘बीमाको पहुँचमा पुगेको जनसंख्या करिक ४३ प्रतिशत भनिए पनि अर्थातमा १७/१८ प्रतिशत मात्रै हो,’ उलने भने, ‘वैदेशिक रोजगारी, लघु र म्यादी बीमालाई जोड्दा ठूलो हिस्सा देखिएको हो ।’ पछिल्ला केही वर्षहरूमा बीमा गराउनेको संख्यामा वृद्धि भएको उनको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal