Skip to content

गार्डियन माइक्रो लाइफको आईपीओमा ४७ हजार बढी आवेदन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योेरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा ४७ हजार भन्दा बढीको आवेदन परेको छ । कम्पनीले मंसिर १९ गते देखि बिक्री खुला गरेको आईपीओमा श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका ४७ हजार ६६३ जनाले आवेदन दिएका हुन् ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले २२ हजार ५०० जनाले १०/१० कित्ताका दरले आईपीओ पाउँदा २५ हजार १६३ जनाको हात खाली हुने भएको हो । कम्पनीले २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको थियो । तर, तोकिएको सयममा ४७ हजार ६६३ जनाले २५ लाख ८४ हजार ५३० कित्ता बराबरको २५ करोड ८४ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life