Skip to content

आज धेरै बढ्ने शीर्ष ५ कम्पनी

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । सेयर बजार राताम्य भएर बन्द भएको दिन जम्मा २९ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यसमध्ये एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार बन्द हुँदा सेयर बजारमा सापोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३०२ रुपैयाँ ५० पैसाले बढेर ३ हजार ३२७ रुपैयाँ ५० पैसा पुगेको छ । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो भने त्यो कम्पनीमा सर्किट लाग्ने गर्छ र कारोबार रोकिन्छ ।

त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा सामुदायिक लघुवित्त, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, मेच्छियाम हाइड्रोपावर र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छन् । आजको कारोबार बन्द हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य १४१ रुपैयाँले बढेर १ हजार ९१२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.९६ प्रतिशतले धेरै हो । त्यस्तै आज भूगोल इनर्जीको सेयर मूल्य पनि ५.०९ प्रतिशत अर्थात् ३३ रुपैयाँ ६० पैसाले बढेर ६९३ रुपैयाँ ६० पैसा पुगेको छ ।

बिहीबारको कारोबार बन्द हुँदा मेच्छियाम हाइड्रोपावरको सेयर मूल्य पनि २६ रुपैयाँले बढेर ६०४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.५० प्रतिशतले धेरै हो । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्इ ४.३९ प्रतिशत अर्थात् २१४ रुपैयाँ ५० पैसाले बढेर ५ हजार १०० रुपैयाँ पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime