Skip to content

निफ्राको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को साधारणसभा सम्पन्न भएको छ । बैंकको छैटौंँ साधारणसभा आज (पुस ४ गते) सम्पन्न भएको हो ।
सेयरधनीहरुको उत्साहजनक उपस्थितिमा कार्की ब्याङ्केट, बबरमहल हाइट काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो । सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, रत्न राज बज्राचार्य, लालमणी जोशी, लिमा अधिकारी आचार्य, प्रवीण सुवेदी र महेश प्रसाद दहालको उपस्थिती रहेको थियो । साथै, उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी लगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले बैंकले समिक्षा अवधिसम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे सेयरधनीहरुलाई जानकारी गराएका थिए । उक्त सभाले बैंकको आ.व. २०८०÷८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण लगायत सभा समक्ष प्रस्ताव गरिएका सम्पूर्ण एजेण्डाहरु सर्वसम्मतिले पारित भएको बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima