Skip to content
Prabhu

नबिल बैंकले शुरू गर्यो टोल–फ्री सेवा, बिनाशुल्क सम्पर्क गर्न सकिने

nabil

काठमाडौं । नबिल बैंकले ग्राहकलाई थप सहज र निःशुल्क बैंकिङ सेवा प्रदान गर्न टोल–फ्री नम्बर सेवा शुरू गरेको छ । यससँगै अब ग्राहकहरूले नेपाल टेलिकम र एनसेलको नेटवर्क प्रयोग गरी बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने भएका छन् ।

यस सेवामार्फत खाता विवरण, लेनदेन सम्बन्धी जानकारी, प्राविधिक सहायता तथा बैंकिङ सेवासँग सम्बन्धित समस्याहरूको समाधानमा पहुँच सजिलो हुने बैंकले बताएको छ ।

नेपाल टेलिकम प्रयोगकर्ताले १६६००–१६२२४५ र एनसेल प्रयोगकर्ताले १८१०२–१६२२४५ नम्बरमा बिना कुनै शुल्क कल गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यो सेवा २४ घण्टा, सातै दिन सञ्चालनमा रहने छ र जसमा दक्ष प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र समाधान गर्नेछन् ।

नबिल बैंकले ४० वर्षदेखि ग्राहक–केन्द्रित वित्तीय सेवा दिँदै आएको छ। हाल देशभर २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले टोल–फ्री सेवाबाट ग्राहक र बैंकबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal