Skip to content
Prabhu

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि प्रधानमन्त्रीको निर्णय

nabil

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

शुक्रबार भएको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको सिफारिस अनुसार सेयर बजारमा अर्को स्टक एक्सचेञ्ज थप गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

धितोपत्र बोर्डले स्टक एक्सचेञ्जको लाइसेन्स दिने भएपनि यो विषय निकै विवादित र पेचिलो बन्ने गरेको छ । लाइसेन्स लिनको लागि कर्पोरेट घरानाबीच भएको लडाईले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया नै करिब एकवर्ष रोकिएको थियो ।

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने भनेको एक दशकभन्दा बढी समय भइसकेको छ । तर,लाइसेन्स दिन भने सकेको छैन ।
पछिल्लो समय धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष भएको बेला लाइसेन्स प्रक्रिया अगाडि बढाएका थिए । त्यो बेला हिमालयन स्टक एक्सचेञ्ज,नेशनल स्टक एक्सचेञ्ज र अन्नपूर्ण एक्सचेञ्जले आवेदन दिएका थिए ।

तर,तीव्र विरोधपछि सरकारले अध्ययन समिति बनाएर तत्कालको लागि प्रक्रिया रोकिएको थियो । धितोपत्र बोर्डमा अध्यक्षमा नियुक्ति भएका सन्तोषनारायण श्रेष्ठले सरकारले चाहेमा नयाँ स्टक एक्सचेञ्ज आउने बताएका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal