Skip to content

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

उक्त कोषले हाल कायम चुक्ता पुँजीको कुल १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ७ प्रतिशत बोनस सेयर रहेको छ भने ६ प्रतिशत नगद लाभांश रहेको छ ।

Hyundai

कोषको पुस ७ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल सरकार, अर्थ मन्त्रालयबाट सहमत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्