काठमाडौं । बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ७५ रुपैयाँ ५० पैसाले बढेर ८३० रुपैयाँ ५० पैसा पुगेको छ । यस अघि न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।
यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक भने १६ दशमलव ८१ अंकले घटेर २५८० दशमलव ०१ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब १३ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्