Skip to content

बैंकका कर्मचारी बढुवामा पीडित, कार्यसम्पादन मुल्यांकनमा नहुँने

काठमाडौं । वाणिज्य बैंकमा कार्यरत कर्मचारी बढुवामा पीडित हुने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले वार्षिक सुपरिवेक्षण प्रतिवेदनमा बढुवा प्रक्रियामा प्रश्न उठाएको हो । हालै सार्वजनिक प्रतिवेदन अनुसार कर्मचारी बढुवाको नीति प्रभावकारी उल्लेख गरेको छ ।

“बैंकमा बढुवाको नीति प्रभावकारी देखिएको छैन,” प्रतिवेदनमा भनिएको छ,“कर्मचारी कार्यसम्पादन मुल्यांकन बैंकको मानव संसाधन विनियम अनुसार कार्यान्वयन भएको देखिएको छैन,यसले बढुवा नीति प्रभावकारी नभएको पाइयो।” निजी बैंकमा कर्मचारी भर्नाको विषयमा पनि प्रश्न उठ्ने गरेको छ । बैंकमा बढुवाका विषयमा प्रश्न उठेपनि बाहिर भने आउने गरेको छैन ।

प्रतिवेदनले बैंकका कर्मचारीहरुले जागिर छाड्ने क्रम बढेको र यसले जोखिम निम्ताउने उल्लेख गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima