Skip to content

जीवन विकास लघुवित्तको २१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २१ लाख ३० हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तका १२ जना संस्थापक सेयरधनीहरूले आफूहरूको सेयर बिक्रीमा राखेका हुन् । बिक्रीकर्तालाई कोड नम्बर एदेखि एलसम्म छुट्याइएको हो ।

सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ । यी सेयर हाल कम्पनीका अन्य विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । संस्थापकबाट ३५ दिनभित्र सेयर खरिद नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime