Skip to content

लुम्बिनी विकास बैंकले साधारणसभा पुस २९ गते, लाभांश प्रस्ताव पारित गर्ने

nabil bank

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको पुसर ७ गेत बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते १७ औँ वार्षिक साधारणसभा बोलाएको हो ।

सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान साढे १० बजेदेखि सुरु हुने छ । सभाले चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ ।

बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धप र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । सभा प्रयोजनका लागि बैंकले पुस १९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसर्थ पुस १८ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime