Skip to content
Prabhu

नेप्से परिसूचक करिब २९ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ४३ करोड

nabil

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक करिब २९ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २८ दशमलव ९१ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २६१२ दशमलव २० विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.११ प्रतिशतले धेरै हो । आज सेयर बजारमा कारोबार भएको कम्पनीमध्ये १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४८ अंकले बढेर ४४६ दशमलव ५६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटा परिसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब ५१ करोड माथिको कारोबार भएको बजारमा आज ४ अर्ब ४३ करोड २४ हजार ६०३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजमार ३२८ कम्पनीका ८९ लाख ८ हजार ८५१ कित्ता सेयर ५५ हजार ९३८ पटक खरिद बिक्री हुँदा उक्त कारोबार भएको हो ।

आजको कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal