Skip to content

प्रि ओनप सेसनमा करिब साढे ३ अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ दशमलव ४६ विन्दुले बढेको हो ।

आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २६१५ दशमलव ६७ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३६ अंकले बढेर ४४६ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा २३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । प्रि ओपन सेसनमा ४३ कम्पनीका २ हजार ५९४ कित्ता सेयर ६४ पटक खरिद बिक्री हुँदा १६ लाख ४९ हजार ७९१ रुपैयाँ ६० पैसाको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime