Skip to content

कुमारी बैंकको साढे ४ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम प्रतिकित्ता मूल्य १ सय ६ रुपैयाँ

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रेहको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १ सय ६ रुपैयाँ तोकिएको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयरको लागि आवेदन दिन सकिनेछ।

सेयर खरिदका लागि अन्य व्यक्ति वा संघसंस्था वा कम्पनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौंमा दिनुपर्ने छ । आवेदन दिने अन्तिम मिति वैशाख ११ गते रहेको कम्पनीले जानकारी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima