काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा आज बसिरहेको छ । कम्पनीको छैठौं वार्षिक साधारणसभा (आज) पुस १० गते बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि शुरू भएको हो ।
यस लघुवित्तले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरिसकेको छ । सभामा भविष्यमा अन्य कुनै लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ ।
त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ । सभा प्रयोजनका लागि लघुवित्तले पुस २ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्