Skip to content
Prabhu

वेष्ट फाइनान्सको साढे १ लाख कित्ता सेयर बिक्रीमा

nabil

काठमाडौं। वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । सो कम्पनीले आजदेखि १ लाख ४५ हजार ४ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशनअनुसार यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न चाहने कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

निर्धारत समयभित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal