Skip to content

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

nabil bank

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

सोहीअन्तर्गत बैंकको लालबन्दी शाखाद्वारा रोटरी क्लब अफ ठमेल काठमाडौँ र रोटर्‍याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको परियोजना ‘परियोजना न्यानो’ अन्तर्गत पुस १३ गते ईश्वरपुर नगरपालिका–२, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्याङ्केट र कपडाहरू वितरण गर्न आर्थिक सहयोग गरेको छ ।

त्यसैगरी बैंकको राजापुर शाखाले अमर शहिद बहुमुखी क्याम्पससँगको सहकार्यमा फोहोरमैलाहरु व्यवस्थापन गर्न डस्टबिनहरु वितरण गरेको छ ।

यस्तै राजदेवी साङ्गितिक समूह, कलैया बाराले कलैया उमनपा–१ स्थित राजदेवी माता मन्दिरको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा आवश्यक पर्ने फलफूल, जुस, साउन्ड सिस्टम, मिठाई लगायतका सामाग्रीहरू खरिद गर्न यस बैंकले आर्थिक सहयोग गरेको छ ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime