Skip to content

मनमोहन सिंहः उदारीकरणका नायकदेखि प्रधानमन्त्रीसम्मको यात्रा

nabil bank
एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) दिएको छ । एम्सले प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसार ९२ वर्षीय मनमोहन सिंह बिहीबार साँझ घरमै अचानक बेहोश भएपछि गम्भीर अवस्थामा एम्सको आपतकालीन विभागमा ल्याइएको थियो ।
मनमोहन सिंह लगातार दुई पटक भारतका प्रधानमन्त्री बने र उनको व्यक्तिगत छवि निकै सफा रहेको मानिन्छ ।
भारतमा आर्थिक सुधारहरूको श्रेय उनीसँग जोडिन्छ, चाहे त्यो २००४ देखि २०१४ सम्मको प्रधानमन्त्रीकाल होस् वा वित्त मन्त्रीका रूपमा उनको योगदान ।
मनमोहन सिंहको नाम अर्को एउटा उपलब्धिमा पनि छ । उनी जवाहरलाल नेहरूपछि दोस्रो भारतीय व्यक्ति थिए, जसले लगातार दोस्रो पटक प्रधानमन्त्री बन्ने मौका पाए ।
मनमोहन सिंहले १९८४ को सिखको आन्दोलनका लागि लागि संसदमा माफी मागेका थिए। ती दंगामा लगभग तीन हजार सिखहरूको हत्या भएको थियो ।
प्रधानमन्त्रीका रूपमा मनमोहन सिंहको दोस्रो कार्यकाल निकै चर्चित रह्यो । यो समयमा भ्रष्टाचारका धेरै मुद्दाहरू बाहिर आए । धेरैको भनाइ छ कि ती घोटालाहरूको कारण नै २०१४ को आम निर्वाचनमा कांग्रेसले हार बेहोर्नुप¥यो ।
पंजाबमा जन्म, क्याम्ब्रिजबाट मास्टर्स
मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पंजाब प्रान्तमा भएको थियो, जुन अहिले पाकिस्तानमा पर्दछ । पंजाब विश्वविद्यालयबाट पढाइ पूरा गरेपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट मास्टर्स गरे र अक्सफोर्डबाट डी फिल (डाक्टरेट) गरे ।
मनमोहन सिंहकी छोरी दमन सिंहले आफ्नो किताबमा उल्लेख गरेकी छिन् कि क्याम्ब्रिजमा पढाइको क्रममा उनलाई आर्थिक संकटको सामना गर्नुपरेको थियो । दमन सिंहले लेखेकी छिन्, “उनीहरुको ट्युसन र बसाइको खर्च वार्षिक झण्डै छसय पाउण्ड थियो । पंजाब विश्वविद्यालयको छात्रवृत्तिबाट उनलाई झण्डै एक सय ६० पाउण्ड मिल्थ्यो । बाँकी खर्चका लागि उनी आफ्ना पितामा निर्भर हुन्थे । मनमोहन सिंह निकै साधारण र मितव्ययी जीवन बिताउँथे । डाइनिङ हलमा सस्तो खाना लिन्थे, जसको मूल्य दुई सिलिङ छ पैसा थियो ।”
दमन सिंहले आफ्ना पितालाई घरका कामहरूमा पूर्ण रूपमा असहाय भन्दै भनेकी छिन्, “उनी न अण्डा उसिन सक्थे, न टिभी चलाउन सक्थे ।”
सहमति बनाउने नेता
मनमोहन सिंह सन् १९९१ मा भारतका वित्त मन्त्रीको रूपमा उदाए, यो त्यस्तो समय थियो, जब देशको आर्थिक स्थिति निकै खराब थियो ।
उनको अप्रत्याशित नियुक्तिले उनको लामो र सफल करियरलाई नयाँ उचाइमा पु¥यायो । उनले एक शिक्षाविद् र प्रशासकको रूपमा काम गरे, सरकारको आर्थिक सल्लाहकारका रूपमा योगदान गरे र भारतीय रिजर्भ बैंकका गभर्नर पनि बने ।
वित्त मन्त्रीका रूपमा आफ्नो पहिलो भाषणमा उनले भिक्टर ह्युगोको उल्लेख गर्दै भनेका थिए, “यो दुनियाँमा त्यस्तो कुनै शक्ति छैन, जसले त्यो विचारलाई रोक्न सक्छ, जसको समय आइपुगेको छ ।” यो भाषणले उनको महत्वाकांक्षी र अभूतपूर्व आर्थिक सुधार कार्यक्रमको सुरुवात भएको संकेत ग¥यो । उनले करमा कटौती गरे , रुपैयाँको अवमूल्यन गरे भन सरकारी कम्पनीहरुको निजीकरण गरे र विदेशी लगाानीलाई बढावा दिए ।
उनको यो कदमले भारतको अर्थव्यवस्थामा सुधार आयो, उद्योग तीव्र गतिले अघि बढ्यो । बढ्दो मूल्यावृद्धि नियन्त्रणमा आयो । तथा सन् १९९० को दशकमा विकासको याता निरन्तर राम्रो भइरह्यो ।
एक्सिडेन्टल पीएम
मनमोहन सिंहलाई राम्रोसँग थाहा थियो कि उनको राजनीतिक आधार बलियो छैन । उनले भनेका थिए, “राजनेता बन्नु राम्रो कुरा हो । तर प्रजातन्त्रमा राजनेता बन्न तपाईंले पहिले चुनाव जित्नुपर्छ ।” तर सन् १९९९ मा उनले लोकसभा चुनाव जित्ने प्रयास गरे, तर असफल भए । कांग्रेसले उनलाई राज्यसभामा पठायो ।
सन् २००४ मा पनि यस्तै भयो । तत्कालीन कांग्रेस अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि मनमोहन सिंह प्रधानमन्त्री बने । तब सोनिया गान्धीमाथि विदेशी मूलका कारण प्रश्न उठाइएको थियो ।
यद्यपि आलोचकहरूले भने, “मनमोहन सिंह प्रधानमन्त्री बनेका भए पनि तर वास्तविक शक्ति त सोनिया गान्धीको हातमा थियो ।”
प्रधानमन्त्रीका रुपमा मनमोहन सिंहको सबैभन्दा ठूला उपलब्धि आफ्नो कार्यकालमा अमेरिकासँग परमाणु सम्झौता थियो । उनको कार्यकालमा यो ऐतिहासिक सम्झौता सम्पन्न भयो, जसको कारण अमेरिकाको परमाणु प्रविधिमा भारतले पहुँच बनायो ।
तर यो सम्झौताको मूल्य चुकाउनुप¥यो । मनमोहन सिंह सरकारलाई समर्थन गरिरहेका वामपन्थी दलहरूले समर्थन फिर्ता लिए । कांग्रेसलाई बहुमत जुटाउन कडा परिश्रम गर्नुप¥यो। उनलाई अन्य पार्टीहरूको समर्थन लिनुप¥यो । यो क्रममा कांग्रेसमाथि सांसदहरूको समर्थन खरिद गर्नका लागि पैसा खर्चिएको आरोप लाग्यो ।
मनमोहन सिंह सहमति कायम गर्न रुचाउने नेता थिए । उनले त्यस्तो समयमा गठबन्धन सरकारको नेतृत्व गरे, जब सहयोगी दललाई मनाउन गाह्रो काम थियो ।
उनी खुलेर विचार राख्थे । उनको सरकारलाई समर्थन गरिरहेका क्षेत्रीय पार्टीहरूले समेत आफ्ना मागहरू ठूला बनाउँदै राखे । तर मनमोहन सिंहलाई उनको विश्वसनीयता र बौद्धिकताको कारण सम्मान प्राप्त थियो । उनी नरम स्वभावका थिए र भनिन्थ्यो कि निर्णय लिन सक्षम छैनन् ।
आलोचकहरूको भनाइ थियो कि प्रधानमन्त्रीका रूपमा उनी आर्थिक सुधारको गति अघि बढाउन असफल भए । वित्त मन्त्रीका रुपमा जसरी उनलेआर्थिक सुधारको बाटो समातेका थिए त्यसमा उनी प्रधानमन्त्रीका रुप्मा असफल भए भन्ने आरोप लागेको थियो । तर, उनको नेतृत्वमा कांग्रेसले २००९ मा निर्णायक चुनावी जित हासिल ग¥यो ।
यद्यपि यो जितको चमक चाँडै नै कमजोर बन्यो । उनको दोस्रो कार्यकालमा भ्रष्टाचारका  घटना धेरै सार्वजनिक भए । मन्त्रिपरिषद्का कैयौं सदस्यहरूमा भ्रष्टाचारका आरोप लागे । जसले देशलाई अर्बौं डलरको नोक्सान ग¥यो ।
विपक्षले संसदलाई लगातार अवरुद्ध राख्यो । यसका साथै, नीतिगत निर्णयको अभावले देशले गम्भीर आर्थिक मन्दीको सामना ग¥यो ।
विजेपीका नेता लालकृष्ण आडवानीले सिंहलाई भारतका सबैभन्दा कमजोर प्रधानमन्त्री हुन् भने । तर सिंहले भने आफ्नो कार्यकालको बचाउ गर्दै उनको सरकारले देश र जनताको  कल्याणका  लागि पूर्ण प्रतिबद्धता र समर्पणका साथ काम गरिरहेको बताउँदै आएका थिए ।
यथार्थपरक विदेश नीति
मनमोहन सिंहले विदेश नीतिमा आफ्ना दुई पूर्ववर्तीहरूको व्यवहारिक राजनीतिको निरन्तरता दिए । उनले पाकिस्तानसँग शान्ति प्रक्रिया जारी राखे, तर चरमपन्थी हमलाहरूका कारण यसमा बाधा आयो । यसको चरम २००८ को मुम्बई हमला र बम विस्फोटमा देखियो ।
उनले चीनसँग सीमा विवाद समाधान गर्ने प्रयास गरे र ४० वर्षभन्दा बढी समयदेखि बन्द रहेको नाथु ला दर्रो पुनः खोल्ने सम्झौता गरे ।
मनमोहन सिंहले अफगानिस्तानलाई वित्तीय सहयोग बढाए र करिब ३० वर्षपछि त्यहाँ भ्रमण गर्ने पहिलो भारतीय नेता बने ।
साथै, उनले भारतका पुराना मित्र ईरानसँगको सम्बन्ध टुंग्याउने संकेत दिए, जसले विपक्षी नेताहरूलाई असन्तुष्ट बनायो ।
सादगी र सरल जीवन
मनमोहन सिंह मेहनती शिक्षक र प्रशासकको रूपमा परिचित थिए । उनको विनम्रता र शान्त स्वभावको प्रशंसा गरिन्थ्यो ।
उनको ट्विटर (एक्स) खाता सामान्य र निरस पोस्टका लागि चिनिन्थ्यो। यसका फलोअर्सको संख्या पनि थोरै थियो ।
मनमोहन सिंह मितभाषी थिए र सधैं शान्त देखिन्थे। यसै स्वभावका कारण उनका प्रशंसक धेरै थिए ।
कोइला खानीहरूसँग जोडिएका अर्बौं डलरका घोटालाहरूमा प्रश्न सोधिएको बेलामा उनले आफ्नो मौनतको बचाउ गर्दै भनेका थिए, “मेरो यो मौनता हजारौं शब्दका उत्तरभन्दा राम्रो छ ।”
सन् २०१५ मा उनलाई आपराधिक षड्यन्त्र, विश्वासघात र भ्रष्टाचारसँग सम्बन्धित मुद्दामा जवाफ दिन अदालतमा बोलाइयो । यस क्रममा चिन्तित देखिएका मनमोहन सिंहले पत्रकारहरूलाई भनेका थिए, “म अनुसन्धानका लागि पूर्ण रूपमा तयार छु । सत्यको विजय हुनेछ ।”
प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकाल समाप्त गरेपछि पनि उमेर बढ्दै गए तापनि उनी कांग्रेसका वरिष्ठ नेताका रूपमा विपक्षको राजनीतिमा सक्रिय रहे ।
सन् २०२० को अगस्टमा बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए कि कोभिड महामारीले अर्थतन्त्रमा पारेको क्षतिको पूर्ति गर्न भारतले तुरुन्त तीन कदम चाल्नुपर्नेछ ।
उनले भनेका थिए, “सरकारले जनतालाई नगद दिनुपर्छ । व्यवसायीलाई पूँजी उपलब्ध गराउनुपर्छ र वित्तीय क्षेत्रका समस्याहरू समाधान गर्नुपर्छ ।”
इतिहासमा मनमोहन सिंहलाई भारतलाई आर्थिक र परमाणु अलगावबाट बाहिर ल्याउने नेताका रूपमा सम्झिनेछ ।
तर केही इतिहासकारले भने उनलाई धेरै पहिला नै अवकाश लिनु पथ्र्यो भन्ने कुरा पनि गर्लान् ।
सन् २०१४ मा दिएको अन्तर्वार्तामा उनले भनेका थिए, “मलाई पूरा विश्वास छ कि हालको मिडिया र संसदमा रहेका विपक्षी पार्टीहरूको तुलनामा इतिहास मेरो प्रति धेरै दयालु हुनेछ ।”
मनमोहन सिंहका परिवारमा उनकी पत्नी र तीन छोरीहरू छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime