Skip to content

सिटिजन लाइफले हस्तान्तरण गर्यो रोशीका ४४७ जना विद्यार्थीलाई न्यानो कपडा

nabil bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोशी गाउँपालिकाको श्री मंगल जन विजय माध्यमिक विद्यालयका ४ सय जना र श्री शान्ति बुद्ध आधारभूत विद्यालयका ४७ जनालाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा ट्र्याक सुट वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सिटिजन लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बिसीले सिटिजन लाइफ इन्स्योरेन्सले गत अस‍ोजको वर्षाले काभ्रेमा क्षति भएको कारण विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको बताए। यसले विद्यार्थीको पढाइमा सहज हुने विश्वास रहेको उनले बताए।

न्यानो कपडा वितरण कार्यक्रममा विशेष अतिथिको रूपमा रहेका कम्पनीका प्रमुख बजार व्यवस्थापक भूषण रिमालले असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए । कम्पनीको एजेन्सी म्यानेजरका रूपमा कार्यरत अशोक बुद्ध लामाले आफूले अध्ययन गरेको विद्यालयमा सहयोग गरेकोमा कम्पनीलाई धन्यवाद दिँदै जीवनमा बीमा गर्नुपर्ने कुरामा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर लामाले बीमाले बीमा मात्रै नभई सामाजिक काम पनि गर्दो रहेछ भन्ने भाव सिर्जना भएको भन्दै सहयोग गरेकोमा कम्पनीलाई धन्यवाद दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime