Skip to content

राष्ट्र बैंकद्वारा ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ। खारेज गरिएका कम्पनीहरूमा नमस्ते रेमिट इन्टरनेसनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनी ट्रान्सफर प्रालि रहेका छन्।

राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार यी कम्पनीहरूको लाइसेन्स खारेज गरेको हो।

लाइसेन्स खारेज भएका कम्पनीहरूसँग लेनदेन गर्ने कुनै व्यक्ति वा संस्थाले ३५ दिनभित्र लिखित जानकारी दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ। यो अवधि भित्र कुनै दाबी नआएमा कम्पनीहरूको बैंक जमानत स्वतः फुकुवा हुने स्पष्ट गरिएको छ। राष्ट्र बैंकले दाबी गर्दा बैंक जमानतभित्र उपलब्ध रकमसम्म मात्र हिसाब हुने प्रावधान रहेको पनि स्पष्ट पारेको छ।

लाइसेन्स खारेजको कारणबारे विस्तृत विवरण सार्वजनिक नगरिए पनि, राष्ट्र बैंकले विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता, र नियमनको पालना नभएमा कडा कदम चाल्ने गरेको बताइएको छ। यस कदमले रेमिट्यान्स सेवा क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले विप्रेषण सेवा लिने वा दिने सबैलाई सचेत रहन र नियमानुसार काम गर्न आह्वान गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime