Skip to content

गरिमा म्युचुअल फन्डअन्तर्गत ‘गरिमा समृद्धि योजना’ को ४ दिनमै सार्वजनिक निष्कासन सम्पन्न

काठमाडौं । गरिमा विकास बैंकको गरिमा म्युचुअल फन्डअन्तर्गत ‘गरिमा समृद्धि योजना’ को निष्कासन तथा बिक्री कार्य चार दिनमा नै सम्पन्न भएको छ ।

गरिमा विकास बैंक कोष प्रबर्द्धक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फन्डअन्तर्गत पहिलो बन्दमुखी योजनाको १ अर्ब बराबरको निष्काशन ४ दिनमा नै सम्पन्न भएको हो ।

गरिमा समृद्धि योजनाको बीज पुँजीसहित प्रतिएकाइ अंकित मूल्य १० रुपैयाँ दरको १० करोड एकाइहरू पुस ७ गतेदेखि ११ गतेसम्मका लागि सार्वजनिक निष्कासन खुला गरिएकोमा माग भन्दा बढी रकमको लागि आवेदन परेको कम्पनीले जनाएको छ।

यस निष्कासन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने शुभेच्छुक, लगानीकर्ता आवेदकहरु, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, निष्काशन बैंक तथा सम्बन्धित सबै नियमन निकायहरूप्रति कम्पनीले धन्यवाद ज्ञापन गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T