Skip to content
Prabhu

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले दार्चुला जिल्लाको सदरमुकाम खलंगामा १ दिने बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । आइतबार बिहान ११ बजेबाट सञ्चालन भएको उक्त कार्यक्रममा खलंगामा विभिन्न बैंक तथा वित्तिय सँस्थामा कार्यरत कर्मचारीहरु, स्थानिय उद्योगी व्यापारी, कृषकहरु तथा शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रोटेक्टिभको तर्फबाट कर्मचारी द्वय देवेन्द्र बम र प्रकाश रेग्मीले लघुबीमा र दैनिक जीवनका आइपर्ने आर्थिक जोखिम न्यूनीकरणका लागि लघुबीमाको महत्व विषयमा आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रममा सहभागीहरुले लघुबीमाको बीमाशुल्क, कृषि तथा पशुपन्छी लघुबीमा, दुर्घटना लघुबीमा तथा दावी भुक्तानी प्रकृया जस्ता विषयमा जिज्ञासा राखेका थिए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले दार्चुला जिल्लामा समेत आफ्नो कार्यालय विस्तार गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्