Skip to content

आइपीओ निष्कासन गर्दै अर्घाखाँची सिमेन्ट, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

 

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न भएको छ । कम्पनीले आइपीओ निष्कासनको लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सोमबार सम्झौतापत्र अनुसार एनएमबी क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले एक सूचनामार्फत जानकारी दिएको हो । कम्पनीले आइपीओ निष्कासन गर्नेसम्बन्धी कार्यको लागि एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौतापत्रमा अर्घाखाँची सिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi