Skip to content

सोमबार नेप्से १६.८२ अंकले घट्यो

 

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक १६.८२ अंक घटेर २००६.५२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज ३१४ स्टकको ५० हजार ५२४ पटकको कारोबारमा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको ७२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

दुई स्टकको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज खानीखोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ। यस दिन ८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चरको मूल्य सर्वाधिक ७.०९ प्रतिशत बढेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi