काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।
बैंकले बिक्री गर्न लागिएको सेयर संख्या र मूल्यका साथै बिक्री गर्न निवेदन दिने संस्थापक सेयरधनीको नामबारे भने कुनै जानकारी भने समावेश गरेको छैन । यो सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ । निवेदन बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्