Skip to content

महुली लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँट हुने

nabil bank

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते एफपिओ बाँडफाँटको तयारी गरेको हो ।

एफपिओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ । सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी हो ।

कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो । जस अनुसार पाउने ४७ हजार ५४४ ले मात्र १०÷१० कित्ता दरले सेयर पाउने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi