Skip to content

प्रभु बैंकले सुरु गर्यो ‘प्रभु डिजिटल क्युब’ सेवा, ग्राहकलाई सहज बैंकिङ सुविधा

काठमाडौं । प्रभु बैंकले नयाँ वर्ष २०२५ को अवसरमा अत्याधुनिक सेवा ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको छ। यो स्वचालित काउन्टरमार्फत ग्राहकहरूले विभिन्न बिद्युतीय बैंकिङ सुविधाहरू सहज र छिटो प्रक्रियामा उपयोग गर्न सक्नेछन्।

‘प्रभु डिजिटल क्युब’ सेवा बैंकको मुख्य कार्यालय बबरमहलबाट सुरुआत गरिएको छ। यस काउण्टरमार्फत ग्राहकहरूले नगद जम्मा, नगद पुनःचक्रण, चेक जम्मा, खाताको स्टेटमेन्ट प्रिन्ट, साथै एटीएम र किओस्क मेसिनबाट नगद जम्मा र निकासी जस्ता सुविधा प्राप्त गर्न सक्छन्।

यस सेवा सञ्चालनले कार्यालय समयको पर्खाइबिना २४/७ बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। प्रभु बैंकले निकट भविष्यमा यो सेवा देशका अन्य स्थानहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ।

प्रभु बैंकले ‘प्रभु डिजिटल क्युब’ सेवामार्फत ग्राहकलाई थप सन्तुष्ट र प्रविधिमैत्री बैंकिङ अनुभव दिन चाहेको बताएको छ। बैंकको विश्वास छ कि यो नयाँ प्रविधि सेवाले ग्राहकहरूको बैंकिङ प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाउनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T