Skip to content

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक समूहको ५५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनी बाहेकका सर्वसाधारणले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।

बैंकले यसअघि नै उक्त सेयर संस्थापक सेयरधनीलाई खरिद आह्वान गरिसकेको जनाएको छ। तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

सो सेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति, संघसंस्था वा कम्पनीले आवश्यक कागजातसहित ७ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई निवेदन दिनु पर्ने छ। निवेदन माछापुच्छ्रे क्यापिटल लिमिटेड सुन्धारास्थित बाघ दरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा बुझाउनु पर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima