Skip to content

सिटिजन लाइफका तीन जना अभिकर्ता सन् २०२५ को सीओटी बन्न सफल

काठमाडौं । सिटिजन लाइफका तीन जना अभिकर्ता सन् २०२५ को सीओटी बन्न सफल भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सिटिजन लाइफ इन्स्योरेन्सका तीन जना उत्कृष्ट अभिकर्ताहरु सन् २०२५ को सीओटी बन्न सफल भएका हुन् ।

सीओटी बन्न आवश्यक १ करोड ४० लाख ७८ हजार रुपैयाँको व्यवसाय गरेर सिटिजन लाइफ इन्स्योरेन्सका माधव सिंह साउद, दिपा श्रेष्ठ र दिपा चापागाई सन् २०२५ को सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका हुन् । सिटिजन लाइफ इन्स्यारेन्सको सतुङ्गल शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेका माधव, दमौली शाखा कार्यालयकी दिपा श्रेष्ठ र स्वयम्बु शाखाकी दिपा चापागाई सन् २०२५ को सीओटी बन्न सफल भएकी हुन् ।

तीन जना गत आर्थिक वर्षको अवधिमा सिटिजन लाइफ इन्स्योरेन्समा आफ्नो व्यक्तिगत कोडबाट सबैभन्दा बढी बीमा व्यवसाय संकलन गरेर कम्पनीका सर्वोत्कृष्ट अभिकर्ता बन्न सफल भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima