Skip to content

मेरो माइक्रोफाइनान्समा आबद्ध सबैले कोहलपुर डेन्टलको सेवामा ५० प्रतिशतसम्म छुट

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र कोहलपुर डेन्टल हस्पिटलबीच आज आइतबार सम्झौता भएको छ । मेरो माइक्रोफाइनान्समा आबद्ध सबैलाई डेन्टल हस्पिटलको दन्त सेवाहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने गरी सम्झौता भएको हो ।

सो सम्झौताअनुसार यस संस्थामा आबद्ध कर्मचारी तथा यस संस्थासँग खाता खोली हाल कारोबार गरिरहेका सदस्य तथा सदस्यका सबै परिवारहरुलाई दन्त सेवाहरुमा छुट दिने गरी सम्झौता गरिएको कोहलपुर, डेन्टल हस्पिटलका प्रमुख गजेन्द्र शाहीले जानकारी दिए ।

साथै, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था शाखा कार्यालय बाँकेका शाखा प्रमुख प्रशान्त शाहले यस कोहलपुर डेन्टल हस्पिटलसँगको सम्झौतामा कर्मचारी तथा हाम्रा सदस्य तथा सदस्यका परिवारलाई समेत दन्त सेवाहरुमा ५० प्रतिशत सम्मको छुट दिने गरी पहिलोपट यस संस्थाले सम्झौता गरेको बताए ।

साथै, उक्त सुविधाका लागि संस्थासँगको कारोबार खुल्ने कागज लिनुपर्ने र कर्मचारीको हकमा कर्मचारी कार्ड लिनु पर्ने तथा यो सम्झौता गरेको मितिले ५ वर्षसम्म मान्य हुने जानकारी दिए ।

यस मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको नेपाल भरीका १४९ शाखा कार्यालयमा कारोवार गरेका सदस्यले समेत यो सुविधा प्रयोग गर्न पाउने शाहले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T