Skip to content
Prabhu

युनाइटेड एयरलाइन्समा एलन मस्कको स्टारलिंक इन्टरनेट उपलब्ध हुने

एजेन्सी । अमेरिकी विमान कम्पनी युनाइटेड एयरलाइन्सले आफ्नो उडानमा आउँदो स्प्रिङ सिजनदेखि एलन मस्कको स्टारलिंकको इन्टरनेट प्रयोग गर्ने भएको छ । युनाइटेडले फेब्रुअरीमा स्टारलिंकको परीक्षण सुरु गर्नेछ भने पहिलो व्यावसायिक उडान यो सेवासहित एयरलाइन्सको एम्ब्रायर ई–१७५ विमानबाट सञ्चालन गरिनेछ ।
एयरलाइन्सले आफ्नो दुई–क्याबिन क्षेत्रीय विमानमा सन् २०२५ को अन्त्यसम्ममा स्टारलिंकको सेवा उपयोग गर्ने योजना बनाएको छ । साथै यस वर्षको अन्त्यसम्ममा स्टारलिंकको सेवा पूर्णरुपमा प्रयोग गर्ने पहिलो विमान कम्पनी बन्नेछ ।
मस्क, जसले विद्युतीय सवारी निर्माता टेस्लादेखि स्टारलिंककी माउ कम्पनी स्पेसएक्ससम्मका कम्पनीहरूको नेतृत्व गर्छन् वा स्वामित्व राख्छन्, उनले आफ्ना व्यवसायहरूको पोर्टफोलियो र आफ्नो खर्बौ डलरको सम्पत्ति प्रयोग गरी विश्वभर प्रभाव विस्तार गरिरहेका छन् ।
युनाइटेडका सबै माइलेज प्राप्त सदस्यहरूले स्टारलिंकमा निःशुल्क पहुँच पाउनेछन् । जसमा स्ट्रिमिङ सेवा, किनमेल, गेमिङ र अन्य धेरै सुविधा समावेश छन् । युनाइटेड र स्टारलिंकले यो सम्झौता सेप्टेम्बरमा गरेका थिए ।
युनाइटेड मात्र उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने एयरलाइन्स होइन । सेप्टेम्बरमा, हवाईयन एयरलाइन्सले आफ्नो एयरबसद्वारा सञ्चालित उडानहरूमा सबै यात्रुहरूलाई निःशुल्क स्टारलिंक सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal