Skip to content

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । बैंकले हाल बिक्रीमा राखिएको सेयरको संख्या, सोको मूल्य र बिक्री गर्ने संस्थापकहरूको नाम भने खुलाएको छैन । यद्यपि यी जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime