Skip to content

आरम्भ चौतारी लघुवित्तको साधारणसभा माघ १४ गते

nabil bank

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना साधारणसभाको मिति घोषरणा गरेको छ । कम्पनीको पुसर २१ गते बसेको सञ्चालक समितिको बैठकले आउदो माघ १४ गते ९ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

सभा बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरु हुने छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरिसकेकाले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश छैन् । गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यसैगरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य कुनै वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । साधारणसभा प्रयोजनका लागि संस्थाले माघ २ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा पुस २९ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime