Skip to content

साना किसान विकास लघुवित्तको साधारणसभा आज, लाभांश पारित गरिने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा आज मंगलबार भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बस्दै छ।

उक्त सभाले सेयरधनीलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गरिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ। यसको आधारमा पुस १६ गतेसम्म कायम शेयधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima