Skip to content

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा भुक्तानी लिनु गैरकानुनी : नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा भुक्तानी नगर्ने भनेको छ । राष्ट्र बैंकले एक सूचना जारी गरेर व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा भुक्तानी लिनु गैरकानुनी भएको बताएको हो ।

केन्द्रीय बैंकले उपभोक्ताले वस्तु तथा सेवा खरिद गरेबापत मोबाइल एप, क्युआर, कार्ड वा पिओएस मेसिन जस्ता विद्युती भुक्तानीका माध्यामबाट भुक्तानी गर्दा खरिदकर्तासँग वस्तु तथा सेवा बिक्री गरेको रकमबाहेक अतिरिक्त रकम नलिन भनेको छ ।

आयकर ऐन, २०५८ ले समेत त्यस्तो कार्य वर्जित गरेको हुँदा व्यावसायिक कारोबारको भुक्तानी व्यक्तिगत खाता तथा वालेटमा नगर्न नगराउन भनेको छ । व्यावसायिक खातामै मर्चेन्ट त्तच् मार्फत भुक्तानी गराउन बैङ्कले आब्हान गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima