काठमाडौं । आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा भर्ने अन्तिम दिन । बैंकिङ समयपश्चात आवेदन बन्द हुने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओमा मंगलबार साँझ ५ बजेसम्म १०.८ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार एक दिन बाँकी रहँदा १४ लाख ९२ हजार ७६९ जनाले आवेदन दिएका छन् ।
१८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेकोमा १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताका लागि आवेदन परेको छ । रकममा करिब २ अर्ब बराबरको आवेदन परेको छ ।
कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । यसले कम्पनी आफ्नो दायित्व पूरा गर्न मध्यम स्तरको जनाउँछ । अंकित मूल्य १ सयका दरले न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्